स्वास्थ्य मन्त्रालयको परिपत्र : उपकरण राख्ने ठाउँ र जनशक्तिको सुन...
माघ ५, २०८१ शनिबार
काठमाण्डौ - मिर्गाैला प्रत्यारोपण गरिएको ९ औं दिनसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई २ जनाबाहेक अरुलाई भेट्न दिइएको छैन ।
मिर्गाैला दान दिने समीक्षा सङ्ग्रौला र प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यबाहेक अरुलाई भेट्न नदिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।
यसैबीच प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्था सामान्य बन्दै गएकाे अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले परीक्षणका नतिजाहरु सामान्य र सुधारोन्मुख रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीको भाइटल र ल्याब सूचकहरु पनि राम्रो अवस्थामा रहेको उहाँले बताउनुभयो ।
गएकाे हप्ताको बुधबार मिर्गाैला प्रत्यारोपण गराउनुभएको ओलीले नियमित आहार लिइरहनुभएको छ । मिर्गाैला दान गर्ने सङ्ग्रौलालाई डिस्चार्ज गरिएपनि प्रधानमन्त्रीलाई कहिले डिस्चार्ज गर्ने भन्ने विषयमा अस्पतालले केही बताएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।