नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ - इटालीयन क्लब युभेन्टसका दुई खेलाडीमा कोरोनाको सङ्क्रमण देखिएपछि क्लबले सबै खेलाडीलाई क्वारेण्टाइनमा राखिएको छ । क्लबले खेलाडीसँगै प्रशिक्षक स्टाफ, व्यवस्थापक, र अरु कामदार गरी १ सय २१ जनालाई सेल्फ क्वारेण्टाइनमा राखेको छ ।
युभेन्टसका डिफेन्डर डानीली रुगानी र पाउलो डिबालालाई कोरोनाको सङ्क्रमण देखिएपछि क्लबले आफूसँग आवद्ध एक सय २१ स्टाफ सबैलाई क्वारेण्टाइनमा राखेको छ ।
दुवै खेलाडीले इन्टर मिलान विरुद्धको खेलमासँगै ड्रेसिङ रुममा रहेका थिए । बन्द रङ्गशालामा खेलाइएपनि दुई जनालाई कोरोना सङ्क्रमण देखिएपछि ठूलो त्रास फैलिएको छ ।
राेनाल्डोलाई उनको गृह घरमा नै बस्न आग्रह गरिएको छ । इटालीमा अप्रिल तीन तारिखसम्मका लागि सबै खेल गतिविधी बन्द गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।