वाइडबडी प्रकरणमा संलग्नलाई बिना पूर्वाग्रह कारबाही गर्नुपर्छ : नेता नेपाल

 फागुन ३०, २०७६ शुक्रबार २१:१२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वाइडबडीमा भएको भ्रष्टाचारमा संलग्नलाई बिना पूर्वाग्रह कारबाही गर्न माग गर्नुभएकाे छ। 

संघीय संसद, प्रतिनिधिसभा अर्न्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा पूर्व प्रधानमन्त्री नेपालले भ्रष्टाचारका दोषीलाई पूर्वाग्रह नराखी कारबाही गर्न माग गर्नुभएको हो । 

उहाँले तारागाउँ, वाइडबडी, न्यारोबडी लगायतमा आर्थिक अनियमितताका कयौँ प्रश्न उब्जिएकाले सरकारले तत्काल अध्ययन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘वाइडबडीमा देखादेख बदमासी भएको छ । यस प्रकरणमाथि छानबिन हुनुपर्छ । भ्रष्टाचार मा संलग्नलाई कारबाही गर्न पूर्वाग्रह पाल्नुपर्ने जरुरी छैन् । दोषीले सजाय भोग्नुपर्छ ।’

उहाँले दीर्घकालीन सोच र कार्ययोजनाकाे साथमा विकास निर्माणका आयोजना बनाउन सुझाव दिनुभयो । छोटो समयमा नै असफल देखिने योजनाहरु बनाइएको भन्दै उहाँले संभावित आवश्यकता र प्रभावको आँकलन गरेर योजना तर्जुमा गर्न आग्रह गर्नुभयो । 

साथै, उहाँले टर्किस एयरलायन्सले काठमाण्डौमा लिने हवाइ इन्धनको मूल्य अत्यन्तै बढी भएकाले उडान नै स्थगित गर्ने संभावना रहेकाबारे मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया