धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त, चलखेल भएको माओवादीको...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ - भारतको राजस्थान जोधपुरमा ट्रली र जीप ठोक्किदा एकै परिवारका ११ जनाको ज्यान गएको छ । शनिबार बिहान भएकाे दुर्घटनामा परि ११ जनाको घटनास्थलमै ज्यान गएको र अरु तीन जना घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दुर्घटनामा ज्यान गुमाउनेहरु रामदेवरा दर्शनका लागि गएका थिए । दुर्घटनामा एकै परिवारका ४ जना पुरुष, ६ जना महिला र एक बालककाे ज्यान गएकाे छ ।
घाइतेहरुको जोधपुरको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरी दुःख व्यक्त गर्नुभएको थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।