टोकियो ओलम्पिककाे मिति सर्दैन : सिन्जो आवे

 चैत १, २०७६ आइतबार ५:१४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - जापानी प्रधानमन्त्री सिन्जो आवेले टोकियो ओलम्पिक तोकिएकै मितिमा हुने बताउनु भएको छ । कोरोना भाइरसको कारण टोकियो ओलम्पिक दुई वर्षपछि सर्ने चर्चा चलिरहेको बेला प्रधानमन्त्री आवेले प्रतियोगिता नसर्ने बताउनु भएको हो । 

महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमणबाट जापान उत्रने दाबी गर्दै अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईओसीले अन्तिम निर्णय गर्नुपर्ने बताउनुभयो । टोकियो ओलम्पिक कुनै समस्या बिना हुने उहाँले बताउनुभयाे । 

अहिलेसम्म जापानमा १४ सयमा काेराेना सङ्क्रमण भएकाे छ भने २८ जनाको ज्यान गएकाे छ । टोकियो ओलम्पिकमा १० दशलमव दुई ६ बिलियन पाउण्ड खर्च गरिने भएको छ । टोकियो ओलम्पिकको टर्च र्‍याली मार्च २६ तारिखमा फुकुसीमाबाट सुरु हुनेछ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया