स्वास्थ्य मन्त्रालयको परिपत्र : उपकरण राख्ने ठाउँ र जनशक्तिको सुन...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – प्रदेश सरकारका मुख्यमन्त्रीहरुले कोरोना भाइरस (काेभिड–१९) सङ्क्रमणको आवश्यक व्यवस्थापनका लागि केन्द्र सरकारलाई नै पहल गर्न आग्रह गरेका छन् ।
कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्रीहरुले अहिलेसम्म अवस्था ठिकै रहेको तर सङ्क्रमण भइहालेमा व्यवस्थापन गर्न गाह्रो हुनेतर्फ केन्द्र सरकारको ध्यानाकर्षण गराएका हुन् ।
मुख्यमन्त्रीहरुले सङ्क्रमण देखिएमा रोकथामका लागि गाह्रो हुने भन्दै केन्द्र सरकारले आवश्यक पहल गर्न आग्रह गरेको बैठकमा सहभागी भएर बाहिरिनुभएका सञ्चार तथा सूचना, प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिनुभयो ।
मुख्यमन्त्रीहरुले सङ्क्रमण नियन्त्रण र रोकथामका लागि आवश्यक औषधि तथा अन्य सामग्रीको खरिद प्रक्रिया सहज बनाउन पनि सुझाएका छन् । उनीहरुले उपचारमा खटिने स्वास्थ्यकर्मीको बीमा र समाजिक सुरक्षाको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।
कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठक सकिएकाे छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको बैठकमा समितिका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल सहित मन्त्रीहरु, ५ वटा प्रदेशका मुख्यमन्त्रीहरु, मन्त्रालयका सचिवहरु तथा सुरक्षा निकायका प्रमुखहरु सहभागी छन् । बैठकमा कोरोनाबाट बच्न प्रदेश सरकारले गरेका काम र नयाँ रणनीतिबारे छलफल भइरहेकाे छ ।
सरकारले कोरोना भाइरसबारे कार्ययोजना बनाउन सातै वटै प्रदेशका मुख्यमन्त्री सहित सामाजिक विकास मन्त्रीलाई पनि काठमाण्डाै बोलाएको हो । बैठकमा गण्डकी र प्रदेश २ का मुख्यमन्त्री भने सहभागी हुनुभएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।