स्वास्थ्य मन्त्रालयको परिपत्र : उपकरण राख्ने ठाउँ र जनशक्तिको सुन...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहको भेलाले नेतृत्वले गरेको फोहर सफा गर्न सबै एकजुट भएर अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।
सोमबार राजधानीमा आफ्नो गुटको भेलामा सम्बोधन गर्दै सिटौलाले नेतृत्वले गरेको फोहर सफा गर्न सबै युवा नयाँ सोचका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो । सम्बोधनका क्रममा सिटौलाले अहिले काङ्ग्रेस राजनीतिक समाजमा ‘झिँगो’ स्वभावबाट अगाडि बढिरहेको टिप्पणी गर्नुभयो ।
नेतृत्वलाई फोहोर झिँगासँग तुलना गर्दै सिटौलाले भन्नुभयो, ‘हेर्दा मौरी र झिँगा उस्तै देखिन्छ । एउटाले फोहर छर्दै हिँड्छ । एउटाले फूलको रस बटुल्दै हिँड्छ । एउटाको परोपकारी गुण छ । एउटाको ध्वंशकारी गुण छ ।’
प्रत्येक तहमा रहेका युवाहरुसँग फरक फरक क्षमता रहेको उल्लेख गर्दै सिटौलाले सबैको क्षमता बटुल्दै काङ्ग्रेसलाई परिवर्तनशील बनाउनुपर्ने बताउनुभयो ।
परिवर्तित काङ्ग्रेसको काँधमा कम्युनिस्टसँग लडेर व्यवस्थालाई बलियो बनाउने अभियानमा लाग्न उहाँले आग्रह गनुभयो । आउँदाे निर्वाचनमा सफलता शिखरसम्म पुग्ने अर्जुनदृष्टिका साथ तयारी गर्न उहाँले आग्रह गर्नुभयो ।
नेता गगन थापाले पार्टी नेतृत्वको अहिलेसम्म क्रियाकलापले तोकिएको समयमा महाधिवेशन हुन नसक्ने सम्भावना बढेर गएको बताउनुभयो । नेतृत्वको सफलता अथवा असफलता तोकिएको समयभित्र अधिवेशन गर्ने कुराले निर्धारण गर्ने उल्लेख गर्दै थापाले पार्टीको विधान अनुसार भूमिका निर्वाह गर्न सबैमा आग्रह गर्नुभयो ।
महाधिवेशनको वातावरण बनाउने काम सभापति र महामन्त्रीको भएको थापाको भनाइ छ । जिल्लाहरुको समायोजन समयमै सक्न महामन्त्री खट्न नसकेको आरोप पनि उहाँले लगाउनुभयो ।
थापाले भन्नुभयो, ‘महामन्त्री सचिवालयको प्रमुख हो । यस बेलामा पार्टीको महामन्त्रीले जिम्मा लिएर पार्टी कार्यालयमा गएर महामन्त्रीको भूमिका निर्वाह गर्नुपर्ने हो । समायोजनको कुरा आयो, ३०/३२ जिल्लाबाहेक समायोजन भएन भनेर भन्न मिल्छ ? समायोजन हुन सकेको छैन भने सातै दिन २४ घण्टा नै पार्टी कार्यालय जानुपर्यो, त्यहाँ बस्नुपर्यो । प्रतिनिधि पठाएर काम गर्नुपर्यो । यति समयसम्म मलाई काम चाहिन्छ भन्नुपर्यो ।’
काठमाण्डाैकाे बत्तिसपुतलीमा भएको भेलामा दुई सयभन्दा बढी नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । भेलामा नेताहरुले आफूहरु काङ्ग्रेसमा सुधार गर्दै अगाडि बढ्ने अभियानमा रहेको बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।