स्वास्थ्य मन्त्रालयको परिपत्र : उपकरण राख्ने ठाउँ र जनशक्तिको सुन...
माघ ५, २०८१ शनिबार
काठमाण्डौ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले कोरोना भाइरस नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेको छ ।
बुधबार बसेको सचिवालय बैठकले काेराेना सङ्क्रमणकाे त्रास फैलदै गएकाले आवश्यक सतर्कता अपनाउन सरकारकाे ध्यानाकर्षण गराएकाे हाे । बैठकले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको एसईई परीक्षा स्थगित गर्ने निर्णयको स्वागत गरेको छ ।
उपप्रधान तथा रक्षामन्त्रीसमेत रहनु भएका उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले एसईई स्थगित गर्ने निर्णय भएको सचिवालयमा जानकारी गराउनुभएको थियो । बैठकले सीमा नाका र सार्वजनिक यातायातको क्षेत्रमा आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको हाे ।
कारोनाको सङ्क्रमण भएको अवस्थामा गरिने तयारीलाई प्रभावकारी ढङ्गले चलाउन सरकारलाई आग्रह गर्ने निर्णय गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।