एनपीएलको लागि टिकट मूल्य, तीन सयदेखि एक हजार रुपैयाँसम्म
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ - कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणका कारण अहिलेसम्म विश्वभर ज्यान गुमाउनेको संख्या झण्डै १२ हजार पुगेको छ ।
सङ्क्रमित २ लाख ८५ हजार ६ सय ६५ मध्ये अहिलेसम्म ११ हजार ८ सय ७५ जनाको ज्यान गएको छ । ९३ हजार ५ सय ८४ जना उपचारपछि घर फर्किएका छन्।
सबैभन्दा धेरै इटलीमा ४ हजार ३२ जनाको ज्यान गएको छ । इटलीमा सङ्क्रमित भएका ४७ हजार व्यक्तिमध्ये २६ सयको अवस्था गम्भीर रहेकाे छ भने ५ हजार १ सय २९ जना निको भएर घर फर्किएका छन् ।
सङ्क्रमणको केन्द्रबिन्दु मानिएको चीनमा ८१ हजार काेराेना सङ्क्रमितमध्ये ७१ हजार ७ सय ४० जना निको भएर घर फर्किएका छन् । चीनमा अहिलेसम्म ३ हजार २ सय ५५ जनाको ज्यान गएको छ ।
अहिलेसम्म चीन र इटलीपछि सबैभन्दा धेरै इरानमा १५ सय ५६, स्पेनमा १३ सय २६, फ्रान्समा ४५०, अमेरिकामा २७६ जना, बेलायतमा १७७ जना र दक्षिण कोरियामा १०२ जनाको ज्यान गएको छ ।
अहिलेसम्मा काेराेना भाइरसको सङ्क्रमण १ सय ८६ देशमा फैलिएकोे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।