म्याग्दीको रुममा स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने
चैत २, २०८१ शनिबार
काठमाण्डाै – आज (साेमबार) वैशाख १ गते अर्थात् नेपाली नयाँ वर्ष २०७७ काे पहिलाे दिन । नयाँ वर्षको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले शुभकामना दिनुभएको छ । कोरोनाको महामारीलाई जित्न दृढ सङ्कल्पका साथ सकारात्मक सोच राख्न उहाँहरुको आग्रह छ ।
यस्तै लकडाउनलाई पूर्ण पालना गर्दै क्वरेण्टीनमा बस्न पनि आग्रह गरिएको छ । मानव जातिले आदिमकालदेखि नै प्राकृतिक र मावन सिर्जित विभिन्न विपद्सँग लड्दै र त्यसमाथि विजय हासिल गर्दै आएको र यस पटक पनि कोरोना र सम्भावित अन्य महामारीलाई परास्त गर्ने दृढ सङ्कल्प, त्यही अनुसारको व्यवहार र आवश्यक क्रियाशीलतासहित आपसमा शुुभकामना आदान प्रदान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गर्नुभएको छ ।
तर नयाँ वर्ष बनाउने बहानामा एक अर्काको नजिक हुने, भिडभाड गर्ने जस्ता काम नगर्न सरकारले आग्रह गरेको छ ।
यस्तै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आजको चुनौती सामना गर्न ‘सरकारमा सँगै नरहेर पनि सङ्कटमा सँगै लड्न सकिन्छ’ भन्ने भावना र दृष्टिकोणका साथ सरकारलाई हरसम्भव सघाइरहेको बताउनुभएको छ । नयाँ वर्ष विसं २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उहाँले विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणविरुद्ध सबै एकजुट भएर लड्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।
कोरोना भाइरसको प्रकोपका कारण यस वर्षको नयाँ वर्ष केही खल्लो हुने भएको छ । गएका वर्षहरुमा एक अर्कालाई उपहार दिएर, मिठो खानेकुरा खाएर, घुम्न गएर नयाँ वर्ष मनाउने गरिए पनि कोरोनाका कारण यस वर्ष घरमै बसेर धेरैले नयाँ वर्ष मनाउँदै छन् ।
यस्तै पशुपतिनाथ मन्दिरलगायत देशभरका मन्दिरमा पूजाआराधना एवं दर्शनका लागि लाग्ने भिड पनि यस वर्ष हुने छैन । भिडभाड हुँदा रोग सर्न सक्ने भएकाले सजगता अपनाउँदै धेरै मन्दिरमा सूचना टाँस गरी मूल ढोकामा ताला लगाइएको छ । मन्दिरमा नित्य पूजा मात्र हुने गरेको छ ।
नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनलाई घरबाटै मनले दर्शन गर्न आह्वान गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डाक्टर प्रदीप ढकालले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कृष्ण आचार्य
April 13, 2020, 9:47 a.m.नाम: कृष्ण आचार्य । पेशा: शिक्षक । गजल: परिवार, अग्रज, आफन्त र सुवेच्छुक, जनहरू, कोरोना संग लढ्ने साहस बोकेका ती मनहरू, कोरोनालाई धकेलिन्छ साबुन स्यानेटाइजर अनि,, परिक्षणका सहयोगी इन्फ्रारेटका गनहरू लकडाउन र क्वारेन्टिनको पालनामा ध्यान दिई, खडा गरी बनाइएका विशाल आइसोलेसनहरू शुभ होस शान्ति छाओस् चारै तिर आज देखि, अकालमा कसैले नि नगुमाऊन जीवनहरू । नववर्ष २०७७ सालको पावन अवसरमा म मेरो तर्फबाट समष्त जनहरूमा हार्दिक मंगलमय सुभकामना व्यक्त गर्दछु । धन्यबाद