भारत एक दिवसीय महिला क्रिकेट विश्वकप २०२१ का लागि छनोट

 वैशाख ४, २०७७ बिहीबार १३:३१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारत र पाकिस्तानबीचको एक दिवसीय क्रिकेट सिरिज रद्द भएपछि अर्को वर्ष न्युजिल्याण्डमा हुने महिला एक दिवसीय क्रिकेटमा भारत छनोट भएको छ ।

पाकिस्तानविरुद्धको छनोट सिरिज भारत सरकारले खेल्न अनुमति नदिए पछि रद्द भएको थियो । भारत र पाकिस्तानबीचका एक दिवसीय सिरिज गत वर्षको जुलाई र नोभेम्बरमा तय भएको थियो । तर भारत सरकारले पाकिस्तानसँग खेल्नका लागि अनुमति दिएन ।  

सिरिज रद्द भएपछि दुवै टिमले समान अंक बाँडे । भारत र पाकिस्तानबीचको राजनीतिक समस्याका कारण दुई पकक्षीय सिरिजहरु हुन सकेका छैनन् । दुवै देश आईसीसीको इभेन्टमा मात्रै खेल्दै आएका छन् ।

सिरिज रद्द भएपछि अस्ट्रेलियाले ३७ अंकसहित शीर्ष स्थानमा रहँदै विश्वकपको छनोट पार गर्न सफल भयो । यस्तै इंग्ल्याण्ड २९ अंक, दक्षिण अफ्रिका २५ अंक र भारतले २३ अंकसहित शीर्ष चार स्थानमा आफूलाई सुरक्षित राखे । आईसीसीले शीर्ष चारमा रहेका टिमलाई विश्वकपमा सामेल गराउने छ । अरु टिमको बारेमा भने पछि तय हुने छ ।

अब श्रीलंका, पाकिस्तान र वेस्ट इण्डिजका साथै बंगलादेश आयरल्याण्ड र इस्टर्न रिजन विजेता थाइल्याण्ड, जिम्बाब्बे, पपुवा न्युगिनी, अमेरिका र नेदरल्याण्ड्सले क्वालिफायर म्याच खेल्नु पर्नेछ ।

क्वालिफायर म्याच ३ देखि १९ जुलाईसम्म श्रीलंकामा हुने छ । तर, अहिलेको कोरोना भाइरसको महामारीका कारण यो प्रतियोगिता पनि प्रभावित हुने सम्भावना बढेको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया