म्याग्दीको रुममा स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने
चैत २, २०८१ शनिबार
काठमाण्डौ - डेनमार्कको गैह्र सरकारी संस्था डीसीए नेपालले झण्डै ६५ लाख रुपैयाँको राहत तथा स्वास्थ्य सामग्री वितरण गरेको छ ।
कञ्चनपुर, बर्दिया, बाँके, दैलेख, कैलाली र डोटीका १ हजार ५ सय ६६ परिवारलाई पालिकाले तोकेबमोजिमको खाद्य सामाग्री तथा स्वास्थ्य सामग्री वितरण गरिएको डीसीए नेपालले जनाएको छ ।
यी सामग्रीहरु विभिन्न पालिकाको आवश्यकताअनुसार स्थानीय संस्थाहरुसँग सहकार्य गरेर वितरण गरिएको हो ।
सहयोग सामग्रीमा क्वरेन्टीनमा १ सय ४० शैय्या बनाउन पुग्ने सामाग्री, ५७ वटा पीपीई सेट, १२ थर्मल गन, २ सय ७१ लिटर स्यानिटाइजर वितरण गरिएको छ ।
यस्तै, १ सय ६१ प्याकेट चिकित्सा ग्लोब्स, १ हजार ७ सय ६३ सेनेटरी प्याड, १० हजार ६ सय २० थान साबुन तथा १ सय सेट बाल्टिन र जग सहयोग स्वरुप उपलब्ध गराइएको छ ।
डीसीए नेपालका ‘मानवीय सहायता तथा विपद् जोखिम न्यूनीकरण प्रबन्धक दिनेश गुरुङ्गले पालिकाहरुको अनुरोध र मागअनुसार दोश्रो चरणको सहयोग गरिने बताउनु भयो ।
थप सहयोगका लागि पालिकाहरुसँग समन्वय भइरहेको उहाँले बताउनुभयो । डीसीए नेपालले यी जिल्लाहरुमा स्थानीय रेडियोहरुसँगको सहकार्यमा रेडियो कार्यक्रम साझेदारी प्रशारण गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।