म्याग्दीको रुममा स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने
चैत २, २०८१ शनिबार
काठमाण्डौ - सेती प्रादेशिक अस्पतालमा उपचाररत अर्का कोरोना सङ्क्रमित पनि उपचारपछि निको भएका छन् । कैलालीको लम्कीका युवालाई अस्पतालबाट डिस्चार्जको तयारी भइरहेको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले लम्कीचुहा नगरपालिका-९ प्रतापपुरका २१ वर्षीय युवकलाई १६ दिनपछि सेती प्रादेशिक अस्पतालबाट डिस्चार्जको तयारी भइरहेको जानकारी दिनुभयो ।
सेती प्रादेशिक अस्पतालमा उपचाररत युवकको पछिल्लो रिपोर्ट नेगेटिभ आएको र उहाँ स्वस्थ्य भएर डिस्चार्ज हुन लागेको मन्त्रालयले जनाएको छ।
गएको चैत ११ गते भारतबाट आउनु भएका उहाँलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । उहाँलाई कैलालीमा क्वरेन्टीनमा बस्दा कोरोनाको संक्रमण भएको पाइएको थियो ।
योसँगै नेपालमा कोरोना सङ्क्रमित चार जना उपचारपछि निको भएका छन् ।
अहिले सङ्क्रमित ३१ जनामध्ये टेकु अस्पतालमा एक जना, पाटन, भरतपुर र बाग्लुङमा दुई-दुई, सेती प्रादेशिक अस्पताल धनगढीमा ४, वीरगन्जमा चार र विराटनगरमा १३ जनाको उपचार भइरहेको छ ।
उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
अर्जुन परियार
April 19, 2020, 5:56 p.m.एक पछि अर्को केस निको हुँदै जानू सुखद पक्षहो।यसले अरु संक्रमितको पनि आत्मबल बढाउछ । नेपाली स्वास्थ्य कर्मीले सफल्ता हात पार्दै गय जस्तो लाग्छ । मलाइ लाग्छ नेपाल र नेपालिले कोरोना संग बिजयी हात पार्ने छौ ।