९ महिनामा ४१ अर्बकाे खाद्यान्न आयात, २६ अर्बभन्दा धरैको धान चामल !

 वैशाख १०, २०७७ बुधबार ९:५०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाललाई कृषिप्रधान देश भनिए पनि, हरेक वर्ष अरबाैँ रुपैयाँ कृषिमा खर्च गरे पनि आयात भने झनै चुलिँदै गएको पाइएको छ ।

चालु आर्थिक वर्षको ९ महिनामा झण्डै ४१ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । भन्सार विभागका अनुसार साउनदेखि चैतसम्म ४० अर्ब ८२ करोड ३८ लाख रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । यो गएको आर्थिक वर्षको यहि अवधीको तुलनामा ६१ करोड रुपैयाँले धेरै हो ।

खाद्यान्न आयातमध्ये ठूलो हिस्सा धान चामलको रहेको छ । ९ महिनामा २६ अर्ब रुपैयाँभन्दा धेरैको धान चामल आयात भएको छ । १९ अर्ब ३२ करोड रुपैयाँको चामल, पाँच अर्ब ६० करोड रुपैयाँको धान, ८४ करोड रुपैयाँको कनिकालगायत आयात भएको भन्सार विभागले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया