च्याम्पियन्स लिगमा आज राति १८ वटा खेल
माघ १६, २०८१ बुधबार
काठमाण्डौ - सरकारले दल विभाजन तथा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि उत्पन्न विवादबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुवै अध्यक्षले पार्टीका सांसदहरुसँग छलफल थालेका छन् ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गर्नु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
पार्टी स्थापना दिवसको अवसरमा बालुवाटारमा संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरूसँग प्रदेशस्तरीय समूहमा छलफल भएको थापाले बताउनुभयो ।
सुदूर पश्चिम प्रदेशबाट सुरू भएको छलफल प्रदेश नं १ र वाग्मती प्रदेश हुँदै क्रमश सातवटै प्रदेशका सांसदहरूसँग आज र भोलिसम्म छलफल गरिनेछ । नेकपा सांसदलाई बालुवाटारमा बोलाएर छलफल गरिएको हो ।
छलफलको सुरुवात सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदबाट भएको छ । जारी दल विभाजन तथा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र कोरोना भाइरसविरूद्वको लकडाउनलगायतका विषयहरूमा सांसदहरूलाई स्पष्ट गर्न नेकपाका दुवै अध्यक्षले छलफल थालेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।