रोटरी क्लबद्वारा स्वास्थ्य मन्त्रालयलाई स्वाब कलेक्सन बुथ हस्तान्तरण

 वैशाख १०, २०७७ बुधबार १८:४७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - रोटरी क्लब थापाथलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वाब कलेक्सन बुथ हस्तान्तरण गरेको छ ।

बुधबार क्लबले मन्त्रालयमै पुगेर मन्त्री भानुभक्त ढकाललाई स्वाब कलेक्सन बुथ हस्तान्तरण गरेको हो । 

पीपीई लगाएर स्वाब कलेक्सन गरेजस्तै बुथबाट पनि परीक्षणका लागि स्वाब कलेक्सन हुन्छ । मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीले बक्सभित्र पसेर स्वास्थ्यकर्मीहरुले घाँटीको र्यालको नमुना लिने बताउनुभयो । कलेक्सन बुथको माध्यमबाट स्वाबको नमुना लिनलाई सहज हुनेछ । 

बुधबार नै वर्ल्ड भिजनले १ हजार थान पीपीई पनि मन्त्रालयलाई हस्तान्तरण गरेको छ । प्राप्त भएका स्वास्थ्य सामग्रीहरु व्यवस्थापन महाशाखामा भण्डार हुनेछन् ।

देशका जुनसुकै ठाउँमा पनि आवश्यक परेको खण्डमा स्वाब कलेक्सन बुथ र पीपीई महाशाखाबाट नै पठाइने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया