टिपरको ठक्करबाट काठमाण्डौको सुन्दरीजल र तिनकुनेमा गरी दुई जन...
चैत २, २०८१ शनिबार
लमजुङ - सुन्दरबजार नगरपालिका-९, फेदिकुनाका भिमबहादुर भुजेलले पाल्नुभएको एउटा बाख्राले ५ वटा पाठापाठी पाएको छ ।
पहिलो बेतमा एउटा पाठी र दोस्रो बेतमा २ वटा पाठो जन्माएको बाख्राले तेस्रो बेतमा मंगलबार २ पाठा र ३ पाठी गरी ५ वटा पाठापाठी जन्माएको हो ।
स्थानीय जातको बाख्राले ३/४ वटासम्म मात्र पाठापाठी पाएको थाहा भएकोले आफ्नो बाख्राले ५ पाठापाठी पाएकोमा आफूलाई आश्चर्य लागेको ७० वर्षीय भुजेलले बताउनुभयो ।
स्थानीय जातको बाख्राले मुख्यगरी २ वटासम्म र अधिकतम ३/४ वटासम्म पाठापाठी जन्माउन सक्ने तर एकै बेतमा ५ वटा पाठापाठी जन्माएको नौलो घटना भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा रुपेश श्रेष्ठले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।