काठमाण्डौ छाड्न जडिबुटी चोकमा भेला भएकालाई घर जान दिइएन

 वैशाख १०, २०७७ बुधबार १९:२४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ छाड्न जडिबुटी चोकमा भेला भएका मानिसहरुलाई प्रहरीले रोकेको छ । 

कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण को रोकथामका लागि गरिएको लकडाउनका कारण काठमाण्डौमा अलपत्र परेका मानिसहरुलाई केही पालिकाहरुले लैजान थालेका थिए ।

बुधबार पनि जडिबुटीमा जम्मा भएका मानिसहरुलाई प्रहरीले भने रोकेको हो । मंगलबार राति रामेछापमा यात्रुबाहक बस दुर्घटनामा परेपछि प्रहरीले बस सञ्चालन गर्न नदिएको हो । 

तर पनि मानिसहरु घर जाने भन्दै सयौंको सङ्ख्यामा जडिबुटी चोकमा भेला भएका थिए । तर प्रहरीले माथिको आदेश भन्दै बस सञ्चालन नहुने र आ-आफ्नो बासस्थानमा फर्कन आग्रह गरेको थियो ।

लकडाउन लागू भएको एक महिना हुँदा पनि खुल्ने सम्भावना नदेखिएपछि दैनिकरुपमा श्रम गरेर खानुपर्नेहरुलाई समस्या हुँदै आएको छ । जसका कारण पनि काठमाण्डौबाट मानिसहरु हिंडेरै घर जाने क्रम बढेको थियो ।

 तर केही दिनयता जनप्रतिनिधि र पालिकाले गाडीको व्यवस्था गरी मानिसहरुलाई गन्तव्यसम्म लैजाँदै आएका थिए । काठमाण्डौका विभिन्न ठाउँबाट आएका व्यक्तिहरुले प्रहरीले समयमै खबर नगर्दा दुःख पाएको बताएका छन् । 

काठमाण्डौको थानकोट, कलंकी, बल्खु, बालाजु, कपन लगायतका ठाउँहरु र ललितपुरको विभिन्न ठाउँबाट बस पाउने आशामा मानिसहरु हिंडेरै जडिबुटी पुगेका थिए ।  

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया