नेकपा अध्यक्षद्वय ओली र प्रचण्डद्वारा सांसद्हरुसँग अध्यादेशमाथि छलफल

 वैशाख १०, २०७७ बुधबार २०:७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सांसद्हरुसँग छलफल गर्नुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज सुदूरपश्चिम प्रदेशका सांसद्हरुबीच छलफल भएको छ । अब प्रदेश नम्बर-१ र वाग्मती प्रदेश हुँदै सबै प्रदेशका सांसद्सँग छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । 

छलफलमा सोमबार जारी भएका दुई अध्यादेश, लकडाउन र आउँदो कार्यभार लगायतका विषयमा सांसदहरूसँग छलफल भएको थापाले बताउनुभयो । अध्यादेश जारी भएपछि नेकपाभित्रै विवाद बढेपछि नेतृत्वले छलफल थालेको हो । 

अध्यक्षद्वयले आजै पार्टी स्थापना दिवसका अवसरमा पार्टी एकतालाई अझ सुदृढ र बलियो बनाउन र कम्युनिष्ट आन्दोलनको लक्ष्यमा निरन्तर क्रियाशील हुन नेता कार्यकर्तालाई आह्वान गर्नुभएको थियो ।
 

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया