महिला टी–२० राष्ट्रिय क्रिकेटमा एपीएफले सुदूरपश्चिमलाई हरायो
माघ ५, २०८१ शनिबार
काठमाण्डौ - राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच बुधबार अबेर राति पार्टी एकता घोषणा भएको छ ।
राजपा नेपालका संयोजक शरत् सिंह भण्डारीको ललितपुरमा रहेको निवासमा भएको वार्तापछि पार्टी एकता घोषणा गरिएको हो ।
एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल हुने छ भने समाजवादी पार्टीले प्रयोग गर्दै आएको झण्डा नयाँ पार्टीको झण्डा हुने छ ।
यस्तै राजपाले प्रयोग गर्दै आएको चुनाब चिन्ह छाता नयाँ पार्टीको चुनाब चिन्ह हुने छ ।
उज्यालोसँग कुरा गर्दै राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले अहिले एकीकृत पार्टीको नाम, झण्डा र चुनाब चिन्ह घोषणा गरिएको बताउनुभयो ।
समानताको आधारमा बिस्तारै नेताहरुको मर्यादाक्रम तोकिने र साङ्गठनिक एकता हुने नेता यादवले बताउनुभयो ।
दुवै पार्टीका चार/चार नेताद्वारा हस्ताक्षरित सहमतिपत्रमा पनि समानताका आधारमा पार्टी एकता गरिने जनाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।