गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – खाद्यान्न र अन्य दैनिक उपभोग्य सामान बोकेका तीन सय ४३ वटा ट्रक काठमाण्डाै आइपुगेका छन् ।
बुधबार एकैदिन तरकारी बाेकेका एक सय ३१, चालम बाेकेका ५५, दूध बाकेका २४, कुखुरा बाेकेका २१, औषधि बाेकेका २०, फलफुल बाेकेका १८, घ्यू, तेल र अण्डा बाेकेका १३–१३, मैदा बाेकेका सात वटा ट्रक नेपाल आइपुगेका हुन् ।
त्यस्तै मकै बाेकेका ६, दाल बाेकेका ५, गहुँ र डिजल बाेकेका ४–४, अक्सिजन तथा चिनी बाेकेका दुई, नुन र पेट्रोल एक–एक गरी ३ सय ४३ वटा ट्रक उपत्यका प्रवेश गरेकाे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार लकडाउन सुरु भएपछिको २९ दिनमा ७७ हजार पाँच सय ५८ मेट्रिक टन खाद्यान्न, २४ हजार दुई सय १८ मेट्रिक टन दलहन, ४० हजार ९९ मेट्रिक टन तरकारी, १० हजार आठ सय १८ मेट्रिक टन फलफुल र १० हजार ९ सय ९६ मेट्रिक टन दुग्धजन्य पदार्थ आयात भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।