सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजकमा ग्लोबल आईएमई बैंक
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – एनसेलका प्रिपेड ग्राहकले अब टक टाइम, डाटा र एसएमएस सेवा कोसेलीको रुपमा आफ्ना परिवारका सदस्य तथा साथीभाइलाई उपहार स्वरुप पठाउन सक्नेछन् ।
एनसेल प्रालीले आमाको मुख हेर्ने दिनको अवसरमा आफ्ना प्रिपेड ग्राहकका लागि एनसेल कोसेली अफर अन्तर्गत विभिन्न आकर्षक योजनाहरु ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले एनसेलको प्रिपेड सेवा प्रयोग गरिरहेका आफ्ना परिवारका सदस्य तथा साथीभाइलाई भ्वाइस प्याक, डेटा प्याक र एसएमएस प्याक उपहार स्वरुप पठाउन सक्नेछन् ।
एनसेल कोसेलीको रुपमा पठाउन सकिने सेवाहरुमा ७५ मिनेट टक टाइम, ५५ मिनेट टक टाइम, ६ सय एमबी डाटा, २१ सय एमबी डाटा र एक हजार एसएमएस रहेका छन् । एनसेल कोसेली अन्तर्गतको यी प्याकहरु यही बिहीबार (वैशाख ११) देखि लागू हुनेछ ।
एनसेलका प्रिपेड ग्राहकले ७५ मिनेट भ्वाइस प्याक कर सहितमात्र ६२ दशमलव ५७ रुपैयाँ र त्यसैगरी अर्को ५५ मिनेट भ्वाइस प्याक करसहित ३१ दशमलव ९२ रुपैयाँमा उपहार पठाउन सक्नेछन् । ५५ मिनेटको भ्वाइस प्याक उपहार प्राप्त गर्ने ग्राहकले तीन दिनभित्र एनसेल नेटवर्कभित्र यो भ्वाइस सेवा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । त्यस्तै ७५ मिनेटको भ्वाइस प्याक उपहार पाउने ग्राहकले सात दिनभित्र एनसेल नेटवर्कभित्र भ्वाइस सेवाको प्रयोग गर्न सक्नेछन् ।
डाटामा ग्राहकले ६ सय एमबी डाटा (दुई सय एमबी अल नेट, दुई सय एमबी फोरजी र दुई सय एमबी नाइट डाटा) मात्र ४४ दशमलव ६९ मा उपहार स्वरुप पठाउन सक्नेछन् । यो डाटा प्याक तीन दिनको लागि मान्य रहनेछ । त्यसैगरी प्रिपेड ग्राहकले आफ्ना साथीभाइ तथा परिवारजनलाई २१ सय एमबी डाटा (हरेक दिन तीन सय एमबी सात दिनसम्म) मात्र ९७ दशमलव रुपैयाँमा उपहार दिन सक्नेछन् ।
यसका साथै प्रिपेड ग्राहकले एक हजार वटा एसएमएसको प्याक उपहार स्वरुप २४ दशमलव २६ रुपैयाँमा पठाउन सक्नेछन् । यसरी प्राप्त हुने एसएमएस उपहार प्राप्त गर्ने ग्राहकले आफूले पाएको मितिबाट ३० दिनसम्म प्रयोग गर्न सक्नेछन् ।
एनसेल कोसेली अफर अन्तर्गतका उपहारहरु पठाउन ग्राहकले एस्ट्रिक्स १७१११ ह्यास डायल गरी निर्देशन अनुसारको विकल्पहरु छनोट गरी एनसेल कोसेली सजिलै पठाउन सक्नेछन् । ग्राहकले १७१११ मा डायल गरियो अफरको जानकारी पनि लिन सक्नेछन् । उपहार बापतको शुल्क उपहार पठाउने ग्राहकको मेन ब्यालेन्सबाट काटिनेछ । एनसेल कोसेलीबाट उपहार पठाउन थप अन्य कुनै सेवा शुल्क लाग्ने छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।