प्रदेश २ का सांसदसँग प्रधानमन्त्री ओलीकाे 'ब्रिफिङ'

 वैशाख ११, २०७७ बिहीबार ११:३९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न प्रदेशका सांसदसँग छलफल गरिरहनुभएको छ । उहाँले अहिले प्रदेश नम्बर २ का सांसदसँग छलफल गरिरहनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस्तै आजै प्रदेश नम्बर ४ का सांसदसँग दिउँसो ३ बजे, प्रदेश ५ सँग साढे ४ बजे र कर्णाली प्रदेशका सांसदसँग बेलुकी ६ बजे छलफल गर्ने तयारी छ । दल विभाजन गर्न सहज पार्ने र संवैधानिक परिषदमा एकलौटी निर्णय गर्न सहज हुने गरी अध्यादेश ल्याएपछि प्रधानमन्त्री केपी ओलीको आलोचना भइरहेको छ ।

प्रधानमन्त्री ओलीले बुधबार प्रदेश १, सुदूरपश्चिम प्रदेश र वाग्मती प्रदेशका सांसदसँग छलफल गर्नुभएको थियो । छलफलमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले संसद् नचलेको अवस्थामा सरकारले अध्यादेश ल्याउनु सामान्य प्रक्रिया भएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले सांसदसँगको ब्रिफिङमा अध्यादेश पार्टी फुटाउनका लागि नभइ सबै दलका लागि ल्याइएको जनाउँदै यसमा कुनै किसिमको भ्रममा नपर्न स्पष्ट पार्नुभएको छ । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया