सुनसरीको न्यु स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाल्गुनन्द गोल्डकपक...
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ – साउदीमा समस्या पर्ने नेपाली श्रमिकले आफ्नो यथार्थ विवरण र समस्या टिपाउन साउदीमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।
श्रमिकले आफ्नो गुनासो टिपाउँदा यथार्थ विवरण टिपाउन हिच्किचाउने प्रवृत्तिले वास्तविक समस्या थाहा पाउन समस्या भएको भन्दै दूतावासले आफूलाई परेको समस्या सही र खुलस्त रुपमा टिपाउन अनुरोध गरको हो ।
आफ्नो समस्यासहित दूतावासमा गुनासो गर्ने धेरैको समस्या समाधान भएको दूतावासले उल्लेख गरेको छ । एक जनाले दूतावासमा फोन गर्दा आफ्नो र आफू कार्यरत कम्पनीमा कार्यरत साथीहरुलाई परेको समस्याको विवरणसमेत यकिन रुपमा टिपाउन सकिन्छ ।
दूतावासका अनुसार लामो समयदेखि दूतावासको सेल्टरमा समस्यामा परेका ८ जना महिला र एक जना पुरुष रहेका छन् । समस्यामा परेका उनीहरुलाई दूतावासले व्यवस्थापन गरेर राखेको छ ।
सेल्टरमा रहेको एक पुरुष ह्वीलचेयरमा बस्नुपर्ने अवस्था रहेको पनि दूतावासले उल्लेख गरेको छ । रोगव्याधीको समयमा सेल्टरमा सङ्क्रमणको जोखिम भएकोप्रति दूतावास संवेदनशील रहेको भन्दै साउदीमा समस्या पर्ने हरेक नेपालीको समस्या समाधानमा कुनै कसर बाँकी नराखेको दूतावासको भनाई छ ।
संकटको अवस्थामा जोखिमबाट बच्न सबै मिलेर अघि बढ्न पनि दूतावासले अनुरोध गरेको छ । आफू बसिरहेको आवास नछोड्न र सङ्क्रमणको जोखिमबाट बच्न पनि दूतावासले अनुरोध गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
chandra bahadur jimba
April 25, 2020, 10:22 a.m.हाल म दामाम साउदी अरेबिया अल अजिनह कम्पनी मा छु अहिले सम्मा तेस्तो खासै कम्पनीमा केही समस्य आको छैन तर अउदैन भन्न सक्ने अवस्था छैन किन कि यो कम्पनीमा डिउटी टाइम परिवर्तन छैन तेसैले म यो कम्पनी बटा नेपाल फर्कन चाहन्छु म अहिले साउदी आको 10 महिना भयो साउदी Mbc ले केही प्रोसेस गर्दिनु हुन्छकी भन्ने आशाबादी राखेको छु , मेरो ठेगाना सिन्धुली जिल्ला क्यानेश्वोर गा बि स वाड न 8 फो 0561233887
Thamman B.thapa
April 24, 2020, 4:15 p.m.हाल म साउदी को दमाम Lute cafe मा 10 महिना देखी कार्यरत छु मेरो समस्या मेरो company को boss म यहाँ 10 महिना हुदा सम्म पनि साउदि अकमा बनाउइदियको छैन सो कारण ले पछि म घर जाने बेला problem आउन सक्छ र कोरोना virus ko कारण ले अहिले हाम्रो cafe झन्डै 2 महिना देखी बन्द छ 2 महिना देखि salary pani आको छैन हप्ताको *50 SR दिन्छ यति पैसा ले बिहान् बेलुका छाक टार्न धौ धौ हुन्छ from प्युठान जिल्ला झिम्रुक गाउँ पालिका 7 कुता
प्रेमराज ओझा
April 23, 2020, 4:34 p.m.हाल म साउदी अरब दमाम शहरबाट केहि टाढा अफि बादिन भन्ने ठाउँमा होटल lily rose मा कार्यरत छु मेरो समस्या भन्नुपर्दा ४ महिनायता सेलरी दिएको छैन तर सुन्नमा आउँदैछ एर्पोट खुल्न बित्तिकै हामीहरुलाई यताबाट काम गरेको पैसामा दिएर नै पठाउँछ भन्ने सुनेको छु यदि त्यसरी पठाउँछ भने हामी ठूलो समस्यामा पर्न सक्छौं नेपालको राजदुतावासको ध्यानाकर्षण गर्न चाहन्छु हस्त नमस्ते नेपाल घर अत्तरिया नगरपालिका ९ का वासु बाँसकोटा