पालिका उपचुनाव : ३७ पदको नतिजा सार्वजनिक, अब ४ वटाको बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाण्डौ - सानिमा बैंकद्वारा कोरोना भाइरस सङ्क्रमण, रोकथाम तथा उपचार कोषलाई १ करोड ६८ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
सानिमा बैंक लिमिटेडले कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रण तथा उपचारको सहयोगका लागि नेपाल सरकारलाई १ करोड ६८ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको हो । जसअन्तर्गत बैंकका कर्मचारीहरुको तर्फबाट ३३ लाख रुपैयाँ प्रदान गरिएको छ ।
केन्द्रीय सरकार अन्तर्गत कोरोना भाइरस सङ्क्रमण , रोकथाम तथा उपचार कोषमा ९८ लाख रुपैयाँ र प्रत्येक प्रदेश सरकारलाई १० लाख रुपैयाँका दरले ७० लाख रुपैयाँ सहयोग रकम उपलब्ध गराइएको छ ।
बैंकका हरेक प्रादेशिक कार्यालयका प्रतिनिधिहरु मार्फत् आ-आफ्ना प्रदेश सरकारलाई यस सहयोग रकम हस्तान्तरण तथा केन्द्र सरकारको कोरोना भाइरस सङ्क्रमण, रोकथाम तथा उपचार कोषमा रकम जम्मा गरेको हो ।
यसबाट कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा उपचारका लागि सरकारलाई मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । यस प्रतिकूल परिस्थितिमा बैंकले काठमाण्डौ उपत्यकाभित्र र बाहिरका विभिन्न शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै विभिन्न डिजिटल बैंकिङ्ग च्यानलहरु मार्फत् निःशुल्क सेवा प्रदान गर्दै आइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।