एन्फा महिला लिग फुटबल : पुलिस र बागमतीको खेल बराबरीमा
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डाै उपत्यका अहिलेलाई कोरोना बिरामीमुक्त भएकोमा सन्तोष लागेको बताउनुभएको छ ।
ललितपुर लगनखेलमा रहेको पाटन अस्पतालमा उपचार गराइरहनुभएकी ८१ वर्षीया महिला बिहीबार निको भएर घर गएसँगै उपत्यकामा कोरोनाका कोही पनि बिरामी नभएको भन्दै उहाँले ट्वीट गरेर सन्तोष लागेको बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले ट्विटरमा लेख्नुभएकाे छ, 'काठमाण्डाै उपत्यका हाललाई काेराेना बिरामीमुक्त भएकाेमा सन्ताेष लागेकाे छ । डिस्चार्ज भएका सबैकाे पेरि एक पटक सुस्वास्थ्यकाे कामना गर्दछु ।'
— K P Sharma Oli (@kpsharmaoli) April 24, 2020
बिहीबार काठमाण्डाैकाे पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै उपत्यकामा अहिले कोरोनाका बिरामी छैनन् ।
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४७ पुगेको छ । जसमध्ये १० जना उपचारपछि निको भएका छन् । अरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Biru
April 24, 2020, 12:46 p.m.अब लाज पचाएर बस्नु भन्दा राजीनामा दिएरा देशलाई सुशासनको वाटोमा अघि बढ्न दिए राम्रो / अझै सरकार चलाउने बहाना नबनाएकै राम्रो हुन्छ होला / नेपाली नागरिकले सबै कर्तुत थाहा पाइसकेका छन् /
देविका अधिकारी
April 24, 2020, 12:11 p.m.खुशी हुनु पनि स्वभाविक हो प्रधानमन्त्री ज्यु तर बिदेश बाट आएको 1/2 महिना सम्म पनि कोरोना देखिरहेकोे समाचारहरु सुन्नमा आइरहेका छन्। त्यसैले अझै सतर्कता अपनाउन जरुरी छ ।