दुवै अध्यादेश फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय

 वैशाख १२, २०७७ शुक्रबार १२:४९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै- दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता हुने भएको छ ।

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले फिर्ता लिने पत्र पठाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै अध्यादेश खारेज गर्नुहुनेछ ।

दल फुटाउन सहज हुने र संवैधानिक परिषद्को बैठकमा विपक्षी दलको भूमिका अन्त्य गर्ने अध्यादेश ल्याएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी आलोचना भएको थियो ।

आफ्नै दलभित्रबाट समेत व्यापक असन्तुुुष्टि आएपछि प्रधानमन्त्री अध्यादेश फिर्ता लिन सहमत हुनुभएको थियो ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • निलम दाहाल

    April 24, 2020, 5:27 p.m.

    बेमौसमी चटारो जस्तो यो महामारीमा पनि अनावश्यक अध्यादेश लाउनु आफैमा निच कुरो हो।फिर्ता लिनु पर्थ्यो,लियो ,सरकारले राम्रो गर्‍यो अब कोरोना रोखथाममा मात्र समय ब्यतित गर

  •  0 Reply

तपाईको प्रतिक्रिया