नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबीच सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ - नोबेल पुरस्कार विजेता, अर्थशास्त्री अभिजित बनर्जीले भारतले गरिब (विपन्न) प्रति अझै संवेदनशीलता देखाउन आवश्यक रहेको बताएका छन् ।
अभिजित बनर्जीले भारतमा लकडाउनका कारण लाखौं सङ्ख्यामा विपन्नहरु नराम्रोसँग प्रभावित भएको बताए । सरकारले अहिलेसम्म त्यो स्तरमा कुनै पर्याप्त काम नगरेको गुनासो गरे ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गएको महिनाको मार्च २४ मा देशव्यापी लकडाउनको घोषणा गरेका थिए । त्यसपछि भारत सरकारले २३ अर्ब डलरको राहत प्याकेज घोषणा गरेको थियो ।
घोषणा गरिएको राहतको ठूलो हिस्सा विपन्नलाई नगद दिने र उनीहरूका लागि खाद्य सुरक्षाको सुनिश्चितता गर्नु थियो । सन् २०१९ मा अर्थशास्त्रको क्षेत्रमा आफ्नी पत्नी र सह-अनुसन्धानकर्ता इस्थर डफ्लोले संयुक्त रुपमा नोबेल पुरस्कार पाएका अर्थशास्त्री बनर्जीले कोभिड-१९ को सङ्क्रमण रोक्न उठाएको कदम भने उपयुक्त भएको बताए ।
तर उनले अघि भने, ‘तर लकडाउन यो परिस्थितिको अन्त्य होइन । यो रोग लामो समयसम्म रहने देखिएको छ । जबसम्म यसको खोप बन्दैन तबसम्म मुस्किल अवस्था रहिरहन्छ । खोप पनि चाँडै बन्ने सङ्केत पनि देखिएको छैन ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।