आज नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवस

 वैशाख १३, २०७७ शनिबार ७:५६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा तत्कालीन नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवस आज परेको छ ।

यसअघिका वर्षहरुमा उहाँको सम्झनामा कार्यक्रम हुने गरेका भए पनि कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि लकडाउन चलिरहेकाले यसपाली कुनै पनि औपचारिक छैन । विसं १९७८ सालमा काठमाण्डौमा जन्मेका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो ।

लामो राजनीतिक संघर्षको क्रममा उहाँले १७ वर्ष जेल जीवन बिताउनुभएको थियो । पढाइको सिलसिलामा भारतको बनारसमा रहँदा भारत छोडो आन्दोलनमा सहभागि हुँदा उहाँ बनारसमा जेल पर्नुभएको थियो ।

जेलमा भारतीय कम्युनिष्ट नेतासँगको सम्पर्कमा उहाँ कम्युनिष्ट पार्टीमा संगठित हुनुभएको थियो । अधिकारीले २००३ सालमा विराटनगरमा भएको मजदूर हडतालको नेतृत्व गर्नुभएको थियो । उहाँ २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री हुनुभएको हो ।

उहाँ नेतृत्वको ९ महिने सरकारले आफ्नो गाउँ आफै बनाउँ, वृद्धभत्ता जस्ता लोकप्रिय कार्यक्रम सुरु गरेको थियो । मनमोहन अधिकारी सादा जीवनशैली र इमानी नेताका रुपमा पनि चिनिनुहुन्छ ।

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया