माघमा कास्कीको हिमपहिरोमा हराएका सात जनामध्ये एक नेपालीको शव उद्धार

 वैशाख १३, २०७७ शनिबार ८:५५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - गएको माघ ३ गते कास्कीको अन्नपूर्ण गाँउपालिका–१ हिङकु इलाकामा हिमपहिरोमा परि हराएका सात जनामध्ये एक नेपालीको शव उद्धार गरिएको छ ।

हिमपहिरोमा परी बेपत्ता भएका तीन जना नेपाली गाइड तथा चार जना कोरियन पर्यटकहरुमध्ये नेपाली सेनाले धादिङका मेमबहादुर तामाङको शव उद्धार गरी नेपाल प्रहरीको जिम्मा लगाएको हो ।

हराएकामध्ये एक नेपाली गाइडको शव यस अघि नै फेला परिसकेको र थप एक नेपालीको शव देखिएको हुँदा शव निकाल्ने तथा अन्य बेपत्ताहरुको खोजी भैरहेको नेपाली सेनाले जनाएको छ ।

अझै पनि बाक्लो हिउँ रहेकोले खोजी कार्यमा समस्या रहेको सेनाले जनाएको छ । 

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया