सुदूरपश्चिमका १० जनाले भारतमा कोरोनालाई जिते : अस्पतालबाट डिस्चार्ज

 वैशाख १३, २०७७ शनिबार ११:१९:३० | सीताराम ओझा
unn.prixa.net

कैलाली - भारतमा रहेका सुदूरपश्चिमका १० जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । एक बालकको भने अस्पतालमा उपचार भइरहेको छ । 

अछाम घर भइ भारतको मुम्बईमा बस्दै आएका एकै परिवारका ८ जना सदस्य र बझाङंको चैनपुरी घर भइ भारतको बैंग्लोरमा काम गर्दै आएका अर्का परिवारका तीनसदस्यमा कोरोना पुष्टि भएकोमा १० जना अस्पतालबाट डिस्चार्ज भएका हुन् । 

चैनपुरका ४५ वर्षीय पुरुष र ३५ वर्षीया उनकी श्रीमती अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने उनका छोराको अहिले उपचार भइरहेको छ । अछामको चौरपाटी गाउँपालिका ५, को एकै परिवारका ८ सदस्य पनि कोरोनालाई जितेर २५ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । 

अन्तिम अपडेट: पुस १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया