ललितपुरबाट शृङ्खलाबद्ध हत्या र लुटपाटमा संलग्न तामाङ पक्राउ
चैत २, २०८१ शनिबार
काठमाण्डौ - कोरोनाको जोखिमलाई ध्यानमा राखेर सरकारले दोस्रो पटक लकडाउनको समय लम्बाएको छ । गएको चैत ११ गते सुरु भएको लकडाउन अब वैशाखको २५ गतेसम्म रहने गरी सरकारले निर्णय हो ।
लकडाउनको कारण देशैभरिका सडकमा गुड्ने गाडी र सडक प्रयोग गर्नेको सङ्ख्या कम छ । काठमाण्डौ उपत्यकामा भित्रिने र बाहिरिने नाकाहरुमा पनि अत्यावश्यक गाडीबाहेक अरु गाडी कम गुडेका छन् ।
फर्पिङ नाका
फर्पिङ ट्राफिक प्रहरी प्रभागका अनुसार लकडाउनका कारण हेटौँडा हुँदै काठमाण्डौ भित्र आउने र जाने नाकाको रुपमा रहेको फर्पिङमा अत्यावश्यक खाद्यान्न, दूध, पानीबाहेकका गाडीहरु चलेका छैनन् । फर्पिङ भएर अहिले सरकारी पास भएका गाडी र लकडाउनको कारण अड्किएका केही मानिसहरुबाहेक अरु ओहोर दोहोर गरेका छैनन् ।
मुड्खु भञ्ज्याङ नाका
काठमाण्डौ उपत्यका भित्रिन प्रयोग हुने अर्को नाका हो मुड्खु भञ्ज्याङ । लकडाउन भएसँगै यस नाका हुँदै भित्रिने र बाहिरिने गाडीहरुमा कमी आएको छ । फोहर व्यवस्थापनको लागि जाने गाडीले यो नाकाको प्रयोग गर्ने भएकोले फोहर बोकेका गाडीहरुबाहेक केही मात्रै बिरामी बोकेका गाडी, पास भएका, अत्यावश्यक कामका लागि निस्केका गाडीहरु चलेको मुड्खु भञ्ज्याङका ट्राफिक इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) प्रेम आचर्यले बताउनुभयो ।
त्यस्तै मुड्खु हुँदै भित्रिने र बाहिरिने गाडीमा अत्यावश्यक सामग्री, पानीको टयाङ्कर, खाद्यान्न, एम्बुलेन्सका गाडीहरु सामान्य रुपमा चलिरहेका छन् ।
भक्तपुर नाका
भक्तपुर हुँदै काठमाण्डौ भित्रिने गाडीहरुको जाँच गर्नका लागि भक्तपुरमा साँगा, सूर्यविनायक, जगाती, गठ्ठाघर, ठिमी, राधेराधे चोक गरी ९ ठाउँमा जाँच गरिन्छ । लकडाउनको बेला अत्यावश्यक गाडीहरु खाद्यान्न, औषधि, पानी बोकेका गाडीबाहेक अरु गाडीहरु आवागमन निकै न्यून रहेको भक्तपुर ट्राफिक प्रहरीले बताएको छ ।
बिहान र बेलुका कार्यालय आउने र जाने पिकआवरको समयमा केही गाडीहरूको फ्लो हुने गरे पनि अरु बेलामा गाडीहरुको आवागमन न्यून रहेको छ । बिहान र बेलुका दुई घण्टाका लागि बजार खुला गर्न मिल्ने नियम भएकोले त्यो समयमा पैदलयात्रीको सङ्ख्या केही बाक्लाे देखिन्छ । अरु बेलामा भने पैदलयात्रीको काम र आवश्यकता अनुसार छोडिएको छ ।
नागढुङ्गा नाका
लकडाउनको कारण काठमाण्डौ भित्रिने र बाहिरिने मुख्य नाकाको रुपमा रहेको नागाढुङ्गामा पनि गाडीहरु अत्यावश्यकबाहेक अरु निकै कम चलेको ट्राफिक प्रहरीका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठले बताउनुभयो ।
तरकारी, खाद्यान्न ग्यास, औषधिलगायतका अत्यावश्यक सामान बोकेका गाडीबाहेक बिरामी बोकेको जाँचका लागि आउने र जाँच सकेर जाने गाडीहरु मात्रै नागढुङ्गाको प्रयोग गरी चलेको उहाँले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकामा दैनिक रुपमा अत्यावश्यक सामान लिएर ६ सयदेखि सात सय गाडी विभिन्न नाकाबाट भित्रिने गरेको श्रेष्ठले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।