टिपरको ठक्करबाट काठमाण्डौको सुन्दरीजल र तिनकुनेमा गरी दुई जन...
चैत २, २०८१ शनिबार
काठमाण्डौ - मेन्ज फाउण्डेशनले लकडाउनका कारण अफ्ठ्यारोमा परेका नागरिकहरुलाई ठमेल क्षेत्रमा निःशुल्क खाना खुवाइरहेको छ ।
फाउण्डेशनले लकडाउनको भोलिपल्टबाट नै ठमेल क्षेत्रमा अफ्ठ्यारोमा परेका स्वदेशी तथा विदेशी नागरिकहरुलाई निःशुल्क खाना खुवाइरहेको हो । फाउण्डेशनले प्रतिदिन दुई सय जनालाई खानामा बिरयानी खुवाइरहेको छ ।
हरेक दिन बिहान खानामा बिरयानीसँगै फाउण्डेशनले मास्क (मुखावरण) पनि वितरण गरिरहेको छ । सुरुको दिन ५०/६० जनालाई खाना बाँडेको फाउण्डेशनले अहिले दुई सय जनालाई निःशुल्क खाना र मास्क वितरण गरिरहेको फाउण्डेशनका अध्यक्ष मिन्हाज खानले बताउनुभयो ।
अध्यक्ष खानले प्रतिदिन १० हजार बराबरको खाना र मास्क वितरण गरिरहेको बताउनुभयो । केही साथीहरुको सहयोग प्राप्त भए पनि आवश्यक अन्य रकम फाउण्डेशनबाटै व्यवस्थापन भइरहेको उहाँले बताउनुभयो ।
फाउण्डेशनले अहिलेसम्म विभिन्न अस्पताल र सङ्घ संस्थाहरुलाई झण्डै सात सय पीपीई सेट पनि वितरण गरेको उहाँले बताउनुभयो । फाउण्डेशनले एक महिनाभन्दा बढी समयदेखि निःशुल्क खाना दिए पनि लकडाउनका कारण नियमित काममा फर्किने वातावरण नभएको स्थानीयले गुनासो गरेका छन् ।
सरकारले दैनिक ज्याला मजदुरी गर्नेहरुका लागि केही गर्न नसकेको उनीहरुकाे आरोप छ । सरकारले लकडाउनको समय वैशाख २५ सम्मका लागि थपेको छ । सअघि पहिलो पटक चैत ११ गतेबाट लागू हुनेगरी एक हप्ता लकडाउन घोषणा गरिएको थियो । लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने श्रमिकहरुलाई समस्या भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।