टिपरको ठक्करबाट काठमाण्डौको सुन्दरीजल र तिनकुनेमा गरी दुई जन...
चैत २, २०८१ शनिबार
काठमाण्डौ - साइबर अपराधसम्बन्धी आरोपमा पक्राउ पर्नुभएका नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्याय २५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनुभएको छ ।
काठमाण्डौ जिल्ला अदालतले २५ हजार रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएपछि उपाध्याय धरौटी बुझाएर रिहा हुनुभएको अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिनुभयो ।
प्रहरीले नियन्त्रणमा लिएको उपाध्यायकाे मोबाइल फोन पनि फिर्ता भएकाे श्रेष्ठले बताउनुभयाे । न्यायाधीश भरतमुनि खनालको इजलासले उपाध्यायले अभियोग अस्वीकार गरे पनि तत्काल निर्दोष रहेको भन्न सकिने अवस्था नरहेको भन्दै थपपछि ठहर बमोजिम हुने गरी अहिलेलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
साइबर अपराधको आरोपमा पाँच दिनअघि प्रहरीको केन्द्रीय साइबर ब्युरोले उपाध्यायलाई ललितपुरको कुसुन्तीमा रहेको निवासबाट पक्राउ गरेको थियो । प्रहरीले सरकारी वकिलमार्फत उपाध्यायविरुद्ध पाँच वर्ष कैद वा एक लाख रुपैयाँ जरिबाना वा दुवै सजाय माग गर्दै अभियोग पत्र दर्ता गरेको थियो ।
उपाध्यायलाई सामाजिक सञ्जालमार्फत धार्मिक आस्थामा आघात पुर्याएकाे पनि आरोप लगाइएको थियो । उपाध्यायलाई पक्राउ गर्नु र मुद्दा दायर गर्नु अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध भएको भन्दै सामाजिक सञ्जालमा विरोध पनि भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।