सोलुखुम्बुकाे हिमाल एफएमले गर्‍याे पत्रकार र कर्मचारीकाे कोरोना बीमा

 वैशाख १५, २०७७ सोमबार १८:२३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुमा सञ्चालित हिमाल एफएमले आफ्ना पत्रकार तथा कर्मचारीको कोरोना बीमा गरेको छ ।

स्थलगत रिपोर्टिङ र जनसम्पर्कमा खटिरहनु पर्दा एफएममा कार्यरत पत्रकार/कर्मचारीमा सङ्क्रमणको जोखिम रहेको भन्दै बीमा गरिएको एफएमका प्रबन्ध निर्देशक भानुभक्त निरौलाले जानकारी दिनुभयो ।

एक वर्षे बीमा कार्यक्रममा कुनै पत्रकारलाई कोरोनाको पीसीआर परीक्षणमा पोजिटिभ देखिए बीमाबापत प्रतिव्यक्ति एक लाख रुपैयाँ भुक्तानी दिइने छ ।

आईएमई जनरल इन्स्याेरेन्स कम्पनीमार्फत १६ जना पत्रकारको बीमा गरिएको एफएमका अध्यक्ष निमा शेर्पाले बताउनुभयो । 

अग्रभागमा काम गर्दा कर्मचारी तथा पत्रकारको सुरक्षा र जोखिम बहनको उत्तरदायित्व संस्थाले लिएकाे शेर्पाले बताउनुभयो । बीमा बापतको सबै रकम एफएमले नै भुक्तनी गरेको पनि शेर्पाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया