कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा सामान्य बदल...
मंसिर १६, २०८१ आइतबार
पाँचथर – लकडाउनको समयमा काठमाण्डाैबाट घर आएका पाँचथरका विद्यार्थी र मजदुरहरुलाई राख्नको लागि क्वरेण्टीनको अभाव भएको छ । पाँचथरमा निर्माण गरिएका क्वरेण्टीनको क्षमताले नभ्याएपछि विद्यालयको एउटै कोठमा दर्जनौँलाई राखिएको छ ।
सुत्केरी महिलाहरु चिसो भुइँमा बस्न बाध्य छन् । पालिका र प्रशासनसँग समन्वय नगरि एकसाथ ठूलो सङ्ख्यामा मानिसहरु पाँचथर भित्रिएपछि व्यवस्थापनमा समस्या भएको हो । चार दिनको अवधिमा तीन सयभन्दा धेरै विद्यार्थी र मजदुरहरु पाँचथर भित्रिएका छन् । उनीहरुलाई घर जान दिइएको छैन । सबैलाई विद्यालयको भवनमा राखिएको छ ।
फाल्गुन्द गाँउपालिका ३ जलसिंह माध्यमिक विद्यालयमा सयभन्दा धेरैलाई राखिएको छ । हिलिहाङ गाँउपालिकाको सिद्धेश्वरी माविमा झण्डै ५० जना छन् । फालेलुङ गाँउपालिकामा पनि काठमाण्डाैबाट आएका ४५ जनालाई विद्यालयमै राखिएको हो । फिदिम नगरपालिकामा पनि जिल्ला भित्रिएकालाई अव्यवस्थित ढङ्गले राखिएको छ । विद्यालयको एउटै कोठमा २० जनासम्मलाई कोचेर राखिएको छ । एउटै कोठमा कोचिएर बस्नु परेपछि उनीहरुमा त्रास बढेको छ ।
‘हामीमध्ये कसैमा भाइरस थियो भने सबै सङ्क्रमित हुने भयौँ,’ काठमाण्डाैबाट घर फर्किएर विद्यालयको भवनमा राखिएका राज लिम्बूले भन्नुभयो ।
काठमाण्डाैबाट घर आएकाहरुको स्वास्थ्य परिक्षणसमेत गरिएको छैन । स्वास्थ्य परिक्षणका लागि जिल्लामा किटको अभाव रहेको हुनाले परीक्षण गर्न नसकिएको जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णु सापकोटाले बताउनुभयो । मङ्गलबार साँझसम्ममा काठमाण्डाैबाट किट आइपुग्ने र त्यसपछि उनीहरुको स्वास्थ्य परीक्षण गरिने उहाँको भनाइ छ ।
जिल्लासँग समन्वय नगरि काठमाण्डाैबाट मान्छे पठाउँदा समस्या आएको प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले बताउनुभएको छ । जिल्लाका आठै पालिकामा गरी जम्मा दुई सय चार शय्याको क्वरेण्टीन क्षमता छ । तर अहिले चार सय ७७ जनालाई क्वरेण्टीनमा राख्नुपर्ने स्थिति रहेको छ । क्वरेण्टीनको क्षमताले नभ्याएपछि काठमाण्डाैबाट आएकालाई विद्यालयको भवनमा राखिएको जिल्ला समन्वय समितिका प्रमुख सापकोटाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।