एन्फा महिला लिग फुटबल : नेपाल पुलिस क्लब र बाग्मती युथ क्लब ख...
माघ ५, २०८१ शनिबार
काठमाण्डौ - प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेको र अशिले छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको थापाले बताउनुभयो ।
सत्तारुढ दल नेकपाभित्रको विवाद मिलाउने सकस बढ्दै गएको छ । नेताहरुबीच केही दिन देखि लगातार छलफल भइरहेपनि विवाद मिल्न सकेको छैन । नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आफू निकट, तथा नेता माधवकुमार नेपाल पक्षसँग बेग्लाबेग्लै छलफल गरेपनि समाधान भने निस्कन नसकेको बताउनु भएको छ।
प्रधानमन्त्री ओलीले केही दिन अघि पार्टीभित्र छलफल नगरि दुईवटा अध्यादेश ल्याएपछि नेकपाको आन्तरिक विवाद चुलिएको हो ।
थप छलफलका लागि आज सचिवालय बैठक बस्ने तयारी रहेको नेताहरुले बताए पनि समय तय भइसकेको छैन । सचिवालय बैठकले स्थायी समितिको बैठक बोलाउन सक्ने सम्भावना पनि छ ।
विवाद बढ्दै जाँदा थप छलफलका लागि स्थायी समितिको बैठक बोलाउन स्थायी समितिका सदस्यले अध्यक्ष ओलीसँग माग गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।