बिदामा घर आएका नेपाली श्रमिक आफ्नै खर्चमा कोरिया फर्किन पाउने

 वैशाख १६, २०७७ मंगलबार १५:६:३६ | उज्यालो सहकर्मी

काठमाण्डौ – सरकारले कोरियाबाट बिदामा घर आएकालाई आफ्नै खर्चमा जान चाहेमा विमान चार्टर गरेर पठाउने भएको छ ।

दक्षिण कोरियामा काम गर्ने अनुमति प्राप्त वैध प्रवेशाज्ञा भएका तर बिदामा घर आएर अहिले नेपालमै रहेकाहरु कोरिया फर्किन पाउनेछन् । यसरी जान चाहनेहरुले स्वास्थ्य परीक्षण गराइ आफ्नै खर्चमा जान अनुमति दिइने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।

यस्तै कोरियन भाषा परीक्षा (ईपीएस) उत्तीर्ण गरेर रोजगारीको लागि कोरिया जाने प्रक्रियामा रहेका तर सम्झौता पत्रमा हस्ताक्षर गर्न नपाएकाले लकडाउन खुलेपछि हस्ताक्षर गर्न पाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

बिदामा कोरियाबाट स्वदेश फर्केका तर लकडाउनका कारण कोरिया फर्किन नपाउँदा भिसाको म्याद सकिएकाहरुले पनि म्याद थपको लागि निवेदन दिन सक्नेछन् ।

यसको लागि सम्बधित व्यक्तिलाई ईपीएस शाखाको इमेलमा आफ्नो विवरण पेश गर्न ईपीएस शाखाले आग्रह गरेको छ । विवरण पेश गर्दा आफ्नो मोबाइल नम्बर अनिवार्य उपलब्ध गराउनुपर्ने पनि मन्त्रालयले जनाएको छ ।

 

 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया