प्रधानमन्त्री ओली र सभामुखबीच बजेट अधिवेशनकाे बारेमा छलफल

 वैशाख १७, २०७७ बुधबार ११:२१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच बजेट अधिवेशनको बारेमा छलफल भएको छ । 

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका सभामुख सापकोटाले प्रधानमन्त्री ओलीसँग आउँदो बजेट अधिवेशनका बारेमा छलफल गर्नुभएको हो । 

जेठ १५ मा बजेट अनिवार्य ल्याउनुपर्ने संवैधानिक प्रावधान छ । तर कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन चलेकाले संसद् ठप्प हुँदा बजेट अधिवेशनबारे छलफल हुन सकेको छैन । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया