एन्फा महिला लिग फुटबल : नेपाल पुलिस क्लब र बाग्मती युथ क्लब ख...
माघ ५, २०८१ शनिबार
काठमाण्डौ - त्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले सचिवालय बैठक चलिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्तालगत्तै मंगलबार नै बैठक बस्ने भनिए पनि आजका लागि सारिएको थियो ।
केही दिनयता नेकपाभित्र देखिएको आन्तरिक विवादका कारण नेकपामा सचिवालय र स्थायी कमिटी बैठक बोलाउन दबाब बढ्दै गएपछि नेकपाको सचिवालय बैठक अहिले सुरु भएको हो ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालपक्षबीच भएको छलफलमा सचिवालय बैठक बोलाउने तय भएको थियो । केही दिनअघि सचिवालय बैठकको माग गर्दै नेकपाका २० स्थायी कमिटी सदस्यले लिखित रुपमा अध्यक्षद्वयलाई सामुहिक पत्र बुझाएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।