चित्तल मारेको आरोपमा दुई पक्राउ

 वैशाख १७, २०७७ बुधबार १९:५२:३५ | हेमराज शर्मा
unn.prixa.net

दाङ - डिभिजन वन कार्यालय देउखुरी दाङले जंगली जनावर चित्तल मारेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लमही नगरपालिका वडा नम्बर-९ रिहारका झग्गु ओली र  मान सिङ्ग ओली रहेका छन । मङ्गलबार बेलुका पानी खान रिहारको तलाउमा आएको बेला ढुङा र भट्टाले हानेर जंगली चित्तल मारेको ओलीद्वयलाई आरोप लागेको छ ।

पानी खान तलाउमा आएको जंगली चित्तललाई जङ्गलतर्फ भगाउनुको सट्टा ढुङा र भट्टाले हानेर मारेको भन्ने सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय देउखुरीका डिभिजनल प्रमुख प्रवीण बिडारीले बताउनु भयो।

अन्तिम अपडेट: मंसिर २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया