दाङ : 'लकडाउन'मा पसल खोलेको आरोपमा सातजना व्यापारी पक्राउ

 वैशाख १८, २०७७ बिहीबार १६:२४:४९ | हेमराज शर्मा
unn.prixa.net

 दाङ - लकडाउनमा अत्यावश्यकभन्दा अन्य पसल खोलेको भन्दै दाङको तुलसीपुर प्रहरीले  बिहीबार बिहान ७ जना व्यापारीलाई पक्राउ गरेको छ ।

फेन्सी, स्टेसनरी, जुत्ता पसल लगायतका पसल सञ्चालकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिनुभयो । 

पटक-पटक सम्झाइ-बुझाइ गर्दा समेत अटेरी गरेर लकडाउनको उल्लङ्घन गरी पसल खोलेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक शर्माले बताउनुभयो । प्रहरीले सम्झाउँदा समेत उल्टै विवाद गरेकाले नियन्त्रणमा लिन बाध्य भएको प्रहरीले बताएको छ । प्रहरीले व्यापारीको नाम भने खुलाएको छैन ।

अन्तिम अपडेट: मंसिर २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया