श्रम स्वीकृति लिएर पनि विदेश जान नपाएकालाई सरकारले काम दिने

 वैशाख १८, २०७७ बिहीबार १९:१६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - श्रम स्वीकृति लिएर पनि कोरोना भाइरसको कारण विदेश जान नपाएकाहरुलाई सरकारले न्यूनतम रोजगारी दिने भएको छ । 

मन्त्रिपरिषद्को वैशाख १४ गतेको बैठकले पारित गरेको कार्यविधि अनुसार श्रम स्वीकृति लिएर पनि विदेश जान नपाएकाहरुलाई पालिकाहरुमार्फत प्रधानमन्त्री रोजगार कार्यक्रम र अन्य निर्माणका काममा लगाउन सकिनेछ । 

यसको लागि पालिकाहरुले श्रम स्वीकृति लिएर पनि विदेश जान नपाएकाहरुको र विदेशबाट फर्किएकाहरुको विवरण संकलन गरी रोजगार सेवा केन्द्रमा सूचीकृत गर्ने र उत्पादनशील क्षेत्रमा लगाउनेछन् ।

 यो व्यवस्थालाई २०७७ सालको असार मसान्तसम्म निरन्तरता कार्यविधिमा उल्लेख छ ।

 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया