नेपाल टेलिकमको ई-शिक्षा प्याकेज, पाँच सय रुपैयाँमा १५ जीबी डाटा

 वैशाख १९, २०७७ शुक्रबार २०:४४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विद्यालय तथा विश्व विद्यालयमा हुने अनलाइन अध्ययन अध्यापनलाई सहज बनाउन नेपाल टेलिकमले ई-शिक्षा प्याकेज ल्याएको छ । 

नेपाल टेलिकमले देशका विभिन्न विश्वविद्यालय तथा विद्यालयहरुबाट प्राप्त अनुरोध तथा सरकारका शैक्षिक निकायहरुसँग परामर्शको आधारमा सम्बन्धित शैक्षिक संस्थाबाट सिफारिस गरिएका मोबाइल नम्बरहरुलाई विद्यमान बजार मूल्यभन्दा निकै सस्तो दररेटमा डाटा सेवा उपलब्ध गराउन विशेष ई–शिक्षा प्याकेज ल्याएको हो ।

विशेष ई-शिक्षा प्याकेज अन्तर्गत २ सय ६० रुपैयाँमा ६ जीबी  ५ सय रुपैयाँमा १५ जीबी डाटा २८ दिनभित्र उपयोग गर्न सकिने गरी उपलब्ध हुनेछ ।  २ सय ६० रुपैयाँमा प्राप्त हुने कुल ६ जीबीमध्ये ३ जीबी डाटा बिहान ५ बजेदेखि बिहान १० बजेसम्म प्रत्येक दिन जम्मा ५ घण्टा प्रयोगमा ल्याउन सकिने छ भने बाँकी ३ जीबी डाटा जुनसुकै समयमा प्रयोग गर्न सकिने छ । 

यसैगरी ५ सय रुपैयाँ मा २८ दिनसम्म उपलब्ध हुने १५ जीबी डाटामध्ये ६ जीबी डाटा बिहान ५ बजेदेखि बिहान १० बजेसम्म प्रत्येक दिन जम्मा ५ घण्टामात्र प्रयोग गर्न सकिने छ । बाँकी ९ जीबी डाटा जुनसुकै समयमा प्रयोग गर्न सकिने छ ।

ई–शिक्षा प्याकेज नेपाल टेलिकमले प्रदान गर्ने सबै प्रकारका जीएसएम मोबाइल डाटा सेवा (टुजी, थ्रीजी र फोरजी) मार्फत प्रयोग गर्न सकिने छ ।

बिहान ५ बजेदेखि १० बजेसम्म प्रत्येक दिन ५ घण्टासम्म प्रयोग गर्न सकिने डाटा सुविधालाई कम्पनीको सिस्टमबाटै व्यवस्थित गरिने टेलिकमले जनाएको छ ।

अहिलेको विषम परिस्थिति र कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व समेतलाई दृष्टिगत गरी बजार मूल्यभन्दा निकै सस्तो मूल्यमा उपलब्ध गराइएका यी सेवाहरु विश्वविद्यालय र विद्यालयहरुको सिफारिसका आधारमा विद्यार्थी र शिक्षकहरुलाई कम्पनीले उपलब्ध गराउने छ । 

कम्पनीले उपलब्ध गराएको इमेल ठेगानामा विश्वविद्यालय तथा विद्यालयहरुले प्याकेज प्रदान गर्नुपर्ने नम्बरहरुको सूचीसहित सिफारिस पठाउनु पर्ने टेलिकमले जनाएको छ ।

सिफारिस प्राप्त भएका नम्बरहरुलाई *१४४१# डायल गरी प्याकेज खरिद गर्नको लागि कम्पनीले एसएमएसमार्फत सूचित गर्नेछ । एसएमएस प्राप्त भएपछि तिनै नम्बरहरुबाट *१४४१# डायल गरी उपलब्ध दुईमध्ये कुनै एक प्याकेज खरिद गर्न सकिनेछ ।

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

5 Comments

  • Suman Khadka

    May 3, 2020, 11:24 p.m.

    यो त्यति व्यावहारिक छैन म झन्झटिलो अनि अनलाइन क्लासको लागि १५ जीबी पर्याप्त पनि छैन, ७ दिन पनि पुग्दैन /

  •  0 Reply
  • यमनाथ पौडेल

    May 2, 2020, 6:19 a.m.

    धेरै राम्राे काम । समयको अवधी नतोक्दा राम्रो हुनेथियो ।

  •  0 Reply
  • S. Nepali

    May 1, 2020, 10 p.m.

    यो देश हो कि दलालखाना? नेपाल टेलिकम ले यस्तो महँगो र अब्यबहारिक सेवा दियेर जनता लाई किन मजाक गरेको हो।

  •  0 Reply
  • Shankar Bhandari

    May 1, 2020, 9:37 p.m.

    It is expensive then stay connected packs. We students are making fool by nepal telecom. 500 rupee 15gb data on e-education package for 28 days. 500 rupee 20gb data on stay connected package for 25 days. Your team also can think which one is better.

  •  0 Reply
  • Jayaraj Joshi

    May 1, 2020, 8:59 p.m.

    यो डाटा प्रयाप्त छ र online class को लागि? जति सुझाव दिए पनि किन नसकेको होलान् यस्तो परिस्थिति मा पनि सहुलियत दिन

  •  0 Reply

तपाईको प्रतिक्रिया