कोरोना सङ्क्रमण भएका गम्भीर बिरामीको सङ्ख्या घट्दो

 वैशाख २०, २०७७ शनिबार १९:२०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरस (काेभिड १९) काे सङ्क्रमण भएर उपचार गराइरहेका मध्ये गम्भीर अवस्थामा रहेकाहरुको सङ्ख्या घट्न थालेको छ । 

कोरोनाको उपचार गराइरहेका मध्ये ३ प्रतिशतको स्वास्थ्य अवस्था गम्भीर रहँदै आएकोमा अहिले २ प्रतिशतभन्दा केही बढी मात्र गम्भीर रहेको कोरोना भाइरसबारे तथ्याङ्क अध्यावधिक गराइरहेको वेबसाइट वल्डाेमिटरले जनाएको छ ।

अहिले उपचार गराइरहेका २० लाख ३७ हजारभन्दा सङ्क्रमितमध्ये ५१ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको पनि वल्डाेमिटरले जनाएको छ । 

विश्वभरि कोरोना सङ्क्रमितको सङ्ख्या ३४ लाख २२ हजारभन्दा बढी छ । उनीहरुमध्ये १० लाख ९३ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् भने दुई लाख ४० हजारभन्दा धेरैको ज्यान गएकोे छ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • शाेबलाल पुरी

    May 2, 2020, 7:37 p.m.

    सबैले अात्मविश्वासका साथ लक डाउनकाे पूर्णरूपमा पालना गराैँ, अवश्य पनि काेराेनालाई जित्न सकिन्छ ।राेग लागेे पछि उपचार गर्नु भन्दा राेग लाग्नै नदिन राम्रो हुन्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया