नेकपा सचिवालय बैठक सुरु

 वैशाख २०, २०७७ शनिबार १८:५८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेकपाको सचिवालय बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कुर्सी एकै लहरमा राखिएको छ । यसअघिको सचिवालय बैठकमा प्रचण्डको बस्ने कुर्सी सचिवालयका अरु सदस्यहरुको बस्ने लहरमा थियो भने आज ओली र प्रचण्ड एउटै लहरमा सँगै बस्नुभएको तस्बिर ओलीको निजी सचिवालयले सार्वजनिक गरेको छ ।

बैठकमा पार्टीभित्र पछिल्लो समय देखिएको विवाद सुल्झाउने विषयमा छलफल हुने नेताहरुले जनाएका छन् । सचिवालय बैठकअघि अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता माधवकुमार नेपाल र वामदेव गौतमले आ–आफ्नो तयारी गरेका छन् ।

नेताहरुले आफुपक्षका नेताहरुसँग केही दिनदेखि छलफल गरी बैठकको रणनीति बनाएका हुन् । बिहीबारकाे सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले कोरोनाको सङ्क्रमण साम्य भएपछि आफूले राजीनामा दिने र नेता गौतमलाई नयाँ प्रधानमन्त्री बनाउने र नेता नेपाललाई पार्टीको तेस्राे अध्यक्ष बनाउने प्रस्ताव गरेपछि बैठक आज फेरी बस्ने गरी सकिएको थियो ।

ओलीले अप्रत्याशित रुपमा यो प्रस्ताव गरेपछि नेकपाको विवादले नयाँ मोड लिएको छ । प्रस्ताव पार्टीभित्रको मत्थर बनाउने रणनीति मात्र भएको भन्दै दाहाल र नेपाल पक्षले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् । 

आजको बैठकमा नेता गौतमलाई प्रधानमन्त्री कसरी बनाउने भन्ने बारेमा अध्यक्ष ओलीको योजना माग गर्ने तयारी पनि दाहाल र नेपाल पक्षले गरेको नेताहरुले बताएका छन् । 

सरकारले दुई वटा अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद चुलिएको छ । नेकपाभित्रको विवादका बारेमा छलफल गर्न स्थायी समितिको बैठक पनि तत्काल बोलाउनुपर्ने दबाब बढेको छ । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया