नवलपरासीमा ट्राफिक सचेतनाका लागि ‘स्लो मोटरसाईकल रेस’
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल र चीनबीच गैर सरकारी संस्थाहरुलाई संयुक्त रुपमा परिचालन गर्ने सहमति भएको छ ।
समाज कल्याण परिषद र चीनको चाइना एनजीओ नेटवर्क फर इन्टरनेशनल एक्सजेन्ज (सीएनआई) बीच दुवै देशको गैरसरकारी संस्थाहरुलाई संयुक्त रुपमा परिचालन गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा र चीनका उपविदेश मन्त्री वाङ याजुनको उपस्थितिमा काठमाडौंमा परिषद सदस्य सचिव डिल्ली भट्ट र चीनको सीएनआईका सदस्य सचिव झू रुईले गर्नु भएको तीन वर्षे समझदारी पत्रमा नेपालको शिक्षा, स्वास्थ्य, सामुदायिक विकास र विपद् व्यवस्थापनमा गैरसरकारी संस्थामार्फत् चीनले सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिएको छ ।
३ वर्षे समझदारी पत्रमा चीनले नेपालको विकास सहायता उपलब्ध गराउँदा नेपालको प्रचलित कानुन अनुरुप संचालन गर्ने पनि स्पष्ट पारिएको छ । कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थापाले समझदारीलाई प्रभावकारी ढंगले अघि बढाउन दुवै मुलुकका सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
उहाँले चीनले नेपाली जनताको समृद्धिको चाहनालाई साथ दिन गरिरहेको सहयोगको पनि खुलेर प्रशंशा गर्नुभयो । मन्त्री थापाले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणपछि नेपालमा चिनियाँ सहायता बढेर गएको पनि स्मरण गराउनुभयो ।
समझदारी पत्रमा समाज कल्याण परिषदको संस्थागत विकासका लागि पनि आवश्यक सहायता उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।