अत्यावश्यक काम बाहेक बाहिर निस्किएका ५ सय ६० जना प्रहरी नियन्त्रणमा

 वैशाख २१, २०७७ आइतबार ८:५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आज अत्यावश्यक काम बाहेक बाहिर निस्किएका ५ सय ६० जनालाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ ।

बिहान ७ बजेसम्ममा लकडाउन उल्लङ्घन गर्ने  काठमाण्डौबाट ४ सय ३० जना र ललितपुरबाट १ सय ३० जना गरी ५ सय ६० जना नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अत्यावश्यक कामको लागि निस्किएकाहरुलाइ भने आउजाउ गर्न दिइएको  प्रहरीले जनाएको छ । लकडाउन उल्लङ्घन गर्नेहरुलाई दुई घण्टा नियन्त्रणमा लिएर फर्काइने गरेको छ । यसैबीच काठमाण्डौमा भएका दुई वटा दुर्घटनामा दुई जना घाइते भएका छन् ।

शनिबार बेलुकी साढे ९ बजेतिर बुढानिलकण्ठ वडा नम्बर-११, कपन मन्दिर नजिकै बा ९१ प ७१०८ नम्बरको स्कुटर दुर्घटना हुँदा संखुवासभाको खाँदबारी-३ घर भइ कपन गैरीगाउँ बस्दै आएका तेन्जिङ्ग तामाङ घाइते भएका प्रहरीले जनाएको छ । उहाँको हेल्पिङ ह्याण्ड्स अस्पताल चाबहिलमा उपचार भइरहेको छ ।

यस्तै काठमाण्डौ कलंकीमा प्रदेश ३ ०२००४ प ९९९७ को मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी पैदलयात्री घादिङ गजुरी गाउँपालिका वडा ६ की रिता भुजेलको शहीद मेमोरियल अस्पतालमा कलंकीमा उपचार भैरहेको छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया