रसुवागढीमा सुख्खा बन्दरगाह निर्माण : पाँच महिनामा १० प्रतिशत काम

 वैशाख २३, २०७७ मंगलबार १५:१०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - रसुवागढी नाकामा निर्माणाधीन सुख्खा बन्दरगाहको निर्माण कार्य १० प्रतिशत सकिएको छ । 

कामदार तथा निर्माण सामग्रीको अभावले निर्माण सुरु भएको पाँच महिनामा १० प्रतिशत मात्रै काम भएको हो । गएको मंसिरदेखि बन्दरगाहको निर्माण कार्य सुरु भएको थियो । 

अहिले साइटमा १३ जना मात्र कामदार रहेका छन् । नयाँ वर्ष मनाउन चीन गएका चिनियाँ कामदार आउन नसक्दा कामदारको अभाव भएको हो । 
यो बन्दरगाह चिनियाँ पक्षले निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ । 

बन्दरगाह निर्माणका लागि पर्याप्त कामदार र सामग्री नहुँदा कामले गति लिन नसकेको इन्टरमोडल यातायात विकास समितिका सभिल इन्जिनियर प्रमोद आचार्यले बताउनुभयो । 

‘काम सुस्त गतिमा सञ्चालन भइरहेको छ’, उहाँले भन्नुभयो, ‘लकडाउनका कारण समस्या सिर्जना भएको हो ।’

बन्दरगाहमा पार्किङस्थल, गोदाम घर, प्रशासनिक भवन, जाँचपास स्थल, भन्सार, क्वारेनटाइन, बैंक, ल्याब रहने छ । 

्बन्दरगाहमा पाँच हजार वर्गमिटरको पाँच तले प्रशासनिक भवन, ७५० वर्ग मिटरको एउटा गोदाम, दुई हजार ८० वर्गमिटरका दुईवटा जाँचपास स्थल रहने छ । 
निर्माण सुरु भएको ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको चिनियाँ पक्षले जनाएको छ । बन्दरगाहमा तीन सय ५० वटा मालवाहक गाडी पार्किङ गर्न सकिनेछ । 
साढे ८ हेक्टर जमिनमा बन्दरगाह निर्माण हुने समितिले जनाएको छ । निर्माण कार्य अवधिभर नेपाली पक्षले अनुगमन, निगरानी र समन्वयको भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया