सुदूरपश्चिमका एक–दुई ठाउँमा हल्का वर्षा, दिउँसो कतै– कतै पान...
चैत २, २०८१ शनिबार
काठमाण्डौ - कोरोना परीक्षण तीव्र गतिमा भइरहेको सरकारले दाबी गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा मङ्गलबार भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले अहिलेसम्म पिसिआर विधिमार्फत १३ हजार ८ सय ५० जना र आरडिटी विधिमार्फत ५२ हजार २ सय २७ जनाको परीक्षण गरिएको जानकारी दिनुभयो ।
यस्तै अहिलेसम्म देशभरका क्वरेण्टीनमा २१ हजार ९९ जना र आइसोलेसनमा १ सय २० जना रहेको उहाँले बताउनुभयो ।
आज बिहान थप ७ जनामा कोरोनाको सङ्क्रमण देखिएसँगै सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ । १६ जना निको भएका छन् भने ६६ जनाको उपचार भइरहेको छ ।
कोरोनाको शङ्का लागेर अहिलेसम्म मन्त्रालयको वेभसाइट, मोबाइल एपमार्फत र फोन गरेर ३२ हजार जनाले फारम भरेका र उनीहरुले बताएका लक्षणका आधारमा ३ सय ३० जना ‘रेड जोन’मा परेका प्रवक्ता देवकोटाको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।